मन्त्रीका आकांक्षी धेरै भएपछि प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । फागुन ३ गते पाँच सदस्यीय मन्त्रिमण्डल गठन भए पनि बाँकी मन्त्रालय भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो। यो खबर हामीले आजको नागरिकबाट लिएका हौ।
सत्तारुढ एमाले र माओवादी केन्द्रले मन्त्रीका आकांक्षीहरूको व्यवस्थापन गर्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा समस्या उत्पन्न भएको छ । मुख्यमन्त्री शेरधन राईले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आए पनि मन्त्रिपरिषद् गठन भएको लामो सयमसम्म पनि पूर्णता पाउन सकिरहेको छैन । सोमबार प्रदेशसभालाई सम्बोधनका क्रममा मुख्यमन्त्री राईले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताए पनि कहिले हुने भन्ने अझै अन्योल नै छ ।
सत्तारुढ दलहरूलाई आन्तरिक रूपमा आकांक्षीको व्यवस्थापन गर्न समस्या भइरहेको माओवादी केन्द्रका संसदीय दलका नेता टंक आङ्बुुहाङले बताए । उनका अनुसार मन्त्री बन्ने आकांक्षी धेरै हुुनुु र सानो आकारको मन्त्रिमण्डल बनाउने योजना रहेका कारण व्यवस्थापनमा दुुवै पार्टीलाई समस्या भइरहेको छ । यतिमात्रै हैन मन्त्री मण्डलको आकार र भागबण्डाको विषय पनि टुंगोमा पुुग्न सकेको छैन । मुख्यमन्त्री शेरधन राई ७ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुपर्नेमा अडिग छन् । सोमबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले भने, ‘आर्थिक मितव्ययिताका हिसाबले पनि सानो र छरितो मन्त्रिमण्डल बनाउन लागिएको हो ।’ यता माओवादी केन्द्र र एमालेकै केही सांसद भने कम्तीमा ९ वा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने बताउ“दै आएका छन्।
माओवादीले न्यूनतम तीनवटा मन्त्री पाउनुपर्ने अडान कायमै राखेको आङ्बुहाङले बताए । मन्त्री र मन्त्रालयको भागबन्डामा कुरा नमिलेपछि मन्त्रिपरिषद् गठका क्रममा पनि माओवादीले घुर्की देखाउ“दै तत्काल सहभागी नहुने बताएको थियो । माओवादीले आर्थिक मामला मन्त्रालय पाएपछि हालको मन्त्रिमण्डलमा माओवादी सहभागी भएको थियो । यता एमालेले भने माओवादीलाई दुुईवटा मात्रै मन्त्रालय दिने बताउ“दै आएको छ । सात सदस्यीय मन्त्रिपरिषद्मा दुुईवटा माओवादी केन्द्र र पा“चवटा एमालेले लिने सहमति भइसकेको सरकारका प्रवक्ता हिक्मत कार्कीले दाबी गरे।
उनका अनुसार सात सदस्यीय मन्त्रिमण्डल बन्ने निश्चित भएकाले मन्त्रिमण्डलको संख्या र भागबन्डाको विषयमा समस्या छैन । उनले भने, ‘माओवादीले दुुई र एमालेले पा“चवटा मन्त्रालय लिने सहमति भइसकेको छ ।’ मन्त्रीको बसोबास, गाडीलगायतको व्यवस्थापन भइनसकेका कारण मन्त्रिमण्डल विस्तारमा केही ढीलाइ भए पनि फागुनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने उनले बताए । कार्कीले भने, ‘यही महिनाभित्रै मन्त्रिमन्डलले पूर्णता पाउ“छ ।’