प्रधानमन्त्री ओलीले नेपालभित्र वैधानिक रुपमा लकेर बसेको पुँजीलाई परिचालन गर्ने भन्ने कुरालाई कालोधनलाई छुट दिने भन्ने अर्थमा नबुझ्न आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय सम्झौता र कानुनविपरीतका कुनै काम हुन नदिन सरकारको ध्यान केन्द्रित हुने उनले बताएका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
हतियार कारोबार, मानव बेचबिखन, लागूऔषधलगायतबाट रकम आर्जन गर्ने, समाजको शान्ति सुरक्षा खल्बल्याउने लगायतका कामलाई सरकारले कुनै हालतमा कारबाहीमा दायरामा ल्याउने दृढता पनि प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन् ।