मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि तीन जनाको नाम सिफारिस गर्ने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ।
आजको नागरिक दैनिक अगाडि लेख्छ- सरकारको सिफारिसमा एक महिलासहित तीन जनालाई राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले सिफारिस गर्ने कोटामा एक/एक सिट आफ्नो दललाई दिनुपर्ने माग राखेका छन्।
स्रोतका अनुसार सरकारले सिफारिस गर्ने तीन जनाको एक/एक सिट आफूहरुले पाउनुपर्ने माग राजपा र फोरमका नेताहरुले प्रधानमन्त्रीसमक्ष राखेका हुन् ।
प्रदेश २ राष्ट्रिय सभा चुनावमा सहकार्य गर्ने बेलामा नेपाली कांग्रेससँग भएको वार्तामा फोरम र राजपाले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले सिफारिस गर्ने कोटामा एक/एक सिट आफूहरुले पाउनुपर्ने प्रस्ताव राखेका थिए।