कार्यदलले प्रदेश मन्त्रिपरिषद्को आकार कम्तीमा सातदेखि बढीमा ११ सदस्यसम्म बनाउने सहमति गरेका छन्। संविधानमा प्रदेशमा प्रदेश सिट संख्याको २० प्रतिशतसम्म मन्त्रिपरिषद् सदस्य बनाउने व्यवस्था रहे पनि वाम गठबन्धनले बढीमा १० प्रतिशत बनाउने गरी सहमति गरेका हुन्।
प्रदेशमा सातवटा मन्त्रालयको व्यवस्था रहेकाले संविधानको व्यवस्था, प्रदेश सिट संख्याको अनुपातसमेतलाई हेरेर कम्तीमा सातदेखि बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सकिने निष्कर्ष निकालिएको एमाले नेता तथा कार्यदलका संयोजक सुवास नेम्वाङले बताए।
मुख्यमन्त्रीबाहेक मन्त्रिपरिषदमा दुई दलका दलतर्फबाट ७०/३० को अनुपातमा सहभागी गराउने दुई दलको सहमति छ। ‘मुख्यमन्त्रीबाहेकका प्रदेश मन्त्रिपरिषद् सदस्य संख्याको बाँडफाँड गर्दा एमाले ७० प्रतिशत र माओवादी केन्द्रको ३० प्रतिशत कायम गरिनेछ,’ कार्यदलले टुंग्याएको सहमतिमा भनिएको छ। त्यस्तै, मन्त्रीहरूको कार्यविभाजन र संसदीय समितिको नेतृत्वको बाँडफाँड सम्बन्धित प्रदेशका मुख्यमन्त्री र दुवै पार्टीका प्रदेश सभा दलका नेताहरूको सहमतिमा गर्ने समझदारी भएको छ।
६ प्रदेशमा बन्ने सम्भावित मन्त्रिपरिषद्
प्रदेश |
प्रदेश सिट संख्या |
मन्त्रिपरिषद् |
प्रदेश १ |
९३ |
९ जना (बढीमा) |
प्रदेश २ |
|
(मधेसकेन्द्रित दलको बहुमत) |
प्रदेश ३ |
११० |
११ जना (बढीमा) |
प्रदेश ४ |
६० |
७ जना (बढीमा) |
प्रदेश ५ |
८७ |
९ जना (बढीमा) |
प्रदेश ६ |
४० |
७ जना (बढीमा) |
प्रदेश ७ |
५३ |
७ जना (बढीमा) |