जिल्लाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा भ्रमणमा निस्किएका छन्। त्रिपुरासुन्दरी नगरपालिका तथा शे फोक्सुण्डो, डोल्पा बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिव जिल्लाभित्रै र भारत भ्रमणमा निस्किएका हुन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
सबै तहले नगर र गाउँ परिषदबाटै निर्णय गराएर भ्रमणका लागि साढे पाँच लाखदेखि ३५ लाख रुपैयाँसम्म बजेट छुट्याएका छन्। शे–फोक्सुण्डोले सबैभन्दा बढी ३५ लाख र मुड्केचुलाले सबैभन्दा कम पाँच लाख रुपैयाँ विनियोजन गरेका छन्।
शे–फोक्सुण्डो भ्रमण र कर्मचारीको क्षमता अभिवृद्धिका लागि ३५ लाख रुपैयाँ छुट्याएको प्रमुख टासीटुण्डुप गुरुङले बताए। उनले भने, ‘हेर, देख र सिक अनि प्रयोगमा ल्याऊ भन्ने उद्देश्यले भ्रमणमा निस्किएको शे–फोक्सुण्डो गाउँपालिका –४ का अध्यक्ष पेमा वाङजेन लामाले जानकारी दिए। उनका अनुसार स्थानीय ष्तहमा रहेका विभिन्न खनिज तथा जडिबुटीको प्रयोग र व्यवस्थापन, स्थानीय स्रोत संरक्षण र प्रयोग, महिला समूहहरूको सिप विकासलगायत उद्देश्य लिएर जनप्रतिनिधि भ्रमणमा निस्किएका हुन्।
माथिल्लो डोल्पाका जनप्रतिननिधि र स्थानीयले हालसम्म पनि नेपाली भाषा राम्रोसँग बोल्न नजान्ने र परिचय दिनसमेत कठिन भएकाले यो यात्रा प्रभावकारी हुने वडाध्यक्ष लामाले दाबी गरे।