देशको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस स्वार्थ केन्द्रित गुट र उपगुटका कारण कमजोर बन्दै गएको छ।
प्रनिनिधिसा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनमा तेस्रो स्थानमा धकेलिए पनि सुधारिने अवस्था अझै नेखिएको खबर आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन्।
पार्टीको हितको नारा दिने तर र समूह केन्द्रित स्वार्थ पुरा गर्न नेताहरु सक्रिय हुँदा कांग्रेस गाउँ तहसम्म गुट, उपगुट र समूहमा विभाजित हुन पुगेको छ।
१३ औं महाधिवेशनबाट दुई गुटमा सिमित कांग्रेसभित्र अहिले गुट,उपगुट र समूहको संख्या दर्जन नजिक पुगेको छ।