काठमाडाै, ४ माघ– सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई थप सेवासुविधा गराउने निर्णय गरेको छ । गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपतिलाई थप दुई वटा सवारीसाधनलगायत सुविधा दिने निर्णय गरेको हो । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
‘मन्त्रिपरिषदको २०७३ माघ १० गतेको निर्णयबमोजिको सुविधाका आतिरिक्त पूर्व राष्ट्रपतिलाई देहायको सुविधा गृह मन्त्रालयले उपलब्ध गराउन,’ २०७४ मंसिर २५ गतेको मन्त्रिपरिषद बैठकको निर्णयमा भनिएको छ, ‘सवारीचालक र इन्धनसहितको २ वटा सवारी साधन, पत्रपत्रिकाबापत मासिक तीन हजार रुपैयाँ र खानेपानी, टेलिफोन। इन्टरनेट र बिजुलीको बिलबमोजिमको रकम ।’
एक वर्षअघि सरकारले पूर्वराष्ट्रपतिलाई मासिक वृद्धि ५० हजार रुपयाँ घरभाडा, मासिक २ लाख रुपैयाँसम्म, २ वटा सवारीसाधन एकजना सवारी चालक २ सय ७ लिट मासिक इन्धन, २० लिटर मासिक मोबिल, एक जना उपसचिव तहको स्वकीय सचिव, एक जना सहयोगीलगायतको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।