भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्म निर्धाणाधीन ६९ किलोमिटर ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य सुरु भएको छ । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन गर्न रेलमार्गमा स्लिपर, ब्लास्ट र रेल ओछ्याउने काम भइरहेको छ ।
भारत सरकारको सात अर्ब २० करोड भारतीय रुपैयाँ आर्थिक सहयोगमा सञ्चालित यस परियोजना अन्तर्गत अक्टोबरसम्ममा सिभिल कन्स्ट्रक्सनको काम पूरा हुने जनाइएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट