सर्वाधिक खर्चिलो चुनाव लडेका नेताहरुले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण तोकिएको भन्दा ज्यादै थोरै छ । नेताहरुले चुनावभर सँगै हिँडेका र पैसाको चलखेल आँखाले देखेका खाफ्नै कार्यकर्तासमेत अचम्म पर्ने खालको खर्च विवरण बुझाईरहेका छन् । यो खबर झापाबाट आजको नागरिक दैनिकमा राजु अधिकारीले लेखेका छन्।
आयोगको सीमाभन्दा कयौँ गुणा बढी रकम चलखेल गरेर चुनाव लडेका नेताहरुले आयोगले तोकेभन्दा कमै खर्चमा चुनाव लडेको दाबी पेस गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चुनावमा अत्याधिक खर्च गर्नेहरुमध्येका नेता मानिन्छन् ।
तर दुवैले निर्वाचन आयोगले तोकेभन्दा कमै खर्च गरेको विवरण दिएपछि कार्यकर्ता नै अचम्ममा परेका छन् ।
खर्चको सिलिङ तोक्ने तर त्यसको वास्तविकता बुझ्ने, अनुगमन गर्ने झन्झट नगर्ने आयोगको कमजोरीले निर्वाचन खर्च विवरण बुझाउने विषय ‘औपचारिकता’मा सिमित भएको छ।