एमालेका नेता एवम् तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले भने नयाँ प्रधानमन्त्री चुन्न राष्ट्रियसभा नचाहिने तर्क गरेको खबर आजको
नागरिक दैनिकले छापेको छ।
संविधान निर्माणको नेतृत्वकर्ता नेम्वाङले विश्वभरिका संसदीय अभ्यासमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार गठनका लागि ढोका खुला हुने प्रचलन रहेको बताएका छन् । उनका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकअघि नै प्रधानमन्त्री निर्वाचन हुन सक्ने संवैधानिक व्यवस्था राखी संविधान निर्माण भएको छ ।
यसअघि २०४८ सालमा र जनआन्दोलन २ पछि पुनस्थापित संसदको पनि बैठक बस्नुअघि कांग्रेस नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेको नजिर स्थापित भइसकेको उनले बताएका छन् ।