कांग्रेसले समानुपातिकभन्दा प्रत्यक्ष निर्वाचनमा धेरै मत पाएको छ । प्रत्यक्षतर्फ ३५ लाख ९० हजार ७९३ मत पाएको कांग्रेसले समानुपातिकतर्फ ३१ लाख २८ हजार ३८९ मत ल्याएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसले २९ लाख ८२ हजार २४० मत पाएको थियो । तर, त्यतिखेरको भन्दा अहिलेको निर्वाचनमा पाएको मत एक लाख ४६ हजार १४९ ले बढी छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेस एमालेभन्दा ५७ सिटले पछि प¥यो । एमालेले प्रत्यक्षतर्फ ३० लाख ८२ हजार २७७ मत ल्यायो । उसले समानुपातिकतर्फ ३१ लाख ७३ हजार ४९४ मत पायो । यो मत प्रत्यक्षमा पाएकोभन्दा ९१ हजार २१७ बढी हो ।
माओवादीले स्थानीय तहको निर्वाचनमा १६ लाख दुई हजार ४५० मत पाएको थियो । यसपटक समानुपातिकमा दुई लाख ९८ हजार ७२९ कम मत पाएको छ ।
एमाले : समानुपातिकमा ३१ लाख ७३ हजार ४९४ मत, तर प्रत्यक्षमा ८० सिट
कांग्रेस : समानुपातिकमा ३१ लाख २८ हजार ३८९ मत, तर प्रत्यक्षमा २३ सिट
माओवादी : समानुपातिकमा १३ लाख ३ हजार ७२९ मत, तर प्रत्यक्षमा ३६ सिट
राजपा : समानुपातिकमा ४ लाख ७२ हजार २५४ मत, प्रत्यक्षमा ११ सिट
फोरम : समानुपातिकमा ४ लाख ७० हजार २०१ मत, प्रत्यक्षमा १० सिट
अन्य : समानुपातिकमा ९ लाख ९६ हजार ६९५ मत, प्रत्यक्षमा ५ सिट