त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अब ‘कागजविहीन प्रशासन’ चलाउने भएको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले मंगलबार कीर्तिपुरस्थित विश्वविद्यालय हातामा निर्मित सूचना प्रविधि केन्द्र भवन उदघाटनसँगै ‘कागजविहीन प्रशासन’ को घोषणा गरेको हो ।
२०७२ को भूकम्पले त्रिविको अधिकांश भवन क्षतिग्रस्त भएका थिए । त्यसपछि निर्माण गरिएको यो दोस्रो भवन हो । केही महिनाअघि त्रिविको कीर्तिपुर हातामै उत्तरपुस्तिका परीक्षण केन्द्र भवन उदघाटन भइसकेको छ ।
त्रिवि केन्द्रदेखि दुर्गम गाउँसम्म विद्युतीय नेटवर्क विस्तार गर्ने र त्यसअनुसार सबैखाले प्रशासनिक काम कारवाही सूचना प्रविधिमैत्री बनाउने जनाइएको छ ।