आइतबार विहानैदेखि धादिङको बेनीघाट रोराङको ताल्तीबजारका आधा दर्जन होटल भरिभराउ थिए। सवै दलिय गठबन्धनका झण्डा टाँगिएका होटलमा चिउराका थैली, ब्रोइलरको मासु र भातका ताउली तयार थिए।
बाहिर मतदान चलिरहेको थियो । दलका कार्यकर्ता स्थानीयलाई जति सकिन्छ खाउ भन्दै डाकिरहेका थिए। उनीहरु थैलीबाट आफूखुशी चिउरा झिक्थे, मासुचाहिं होटल साहुले खटाएर दिन्थे।
चेपाङ समुदायको भोट आफूतिर आकर्षित गर्न दलहरुले उनीहरुका लागि भोजको व्यवस्था गरेका खबर हरिहरसिंह राठोरले धादिङबाट आजको कान्तिपुर दैनिकमा लेखेका छन्।
दलका कार्यकर्ता मतदानपछि भात र मासुसँगै रक्सी पनि व्यवस्था गरिदिने आश्वासन मतदातालाई बाँड्दै थिए। अधिकांश मतदाताले दलहरुले भोज गर्न लागेको जानकारी पाएपछि बालबालिका समेत साथमै लिएर मतदान गर्न आएका थिए।