सरकारले अनलाइनमार्फत घरजग्गा किनबेच कारोबारीलाई निगरानी गरेपछि विगतमा अर्बौ रूपैयाँ राजश् छली हुने गरेको खुलेको हो। यो खबर बालकृष्ण ज्ञवालीले आजको नागरिकमा लेखेका छन्।
भूमीसससुधार तथा व्यवस्थथथापन विभागले गत वर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाइनमार्फत निगरानी गरेपछि विगतमा रजिष्ट्रेसनबापत अर्बौ राजश्व छली हुँदै आएको खुलेको हो।
मुलुकभरका घरजग्गाका कारोबार तथ्याङ्क राख्ने निकाय विभागका अनुसार घरजग्गा कारोबारीलाई अनलाईनमार्फत निगरानी गरेपछि एकै वर्षमा आठ अर्ब रूपैयाँ राजश्व बढेको हो। यो तथ्याङ्कले विगतमा मालपोतका कर्मचारी, घरजग्गा दालल र लेखापढी व्यवसायीलगायतको मिलेमतोमा अर्बौ रूपैयाँ राजश्व छली हादै आएको देखाएको हो।
विभागको योजना शाखाका निर्देशक तथा सूचना अधिकारी सुशील आचार्यले विभागले गरेको नीतिगत सुधार र अनुगमनका कारण गत वर्ष राजस्व असुली उच्च भएको जानकारी दिए । ‘घरजग्गा किनबेच विवरणलाई अनलाइनमार्फत हेर्ने व्यवस्था गरेपछि राजस्व बढी उठेको छ,’ आचार्यले भने, ‘गतवर्षको तथ्याङ्कलाई हेर्दा विगतमा कम राजस्व उठेको मान्नै पर्छ ।
‘ केही वर्षअघि आन्तरिक राजस्व विभागले पनि गुट्खा, पान, सुर्तीजस्ता वस्तुको प्याकेटमा अन्तशुल्क स्टीकर लगाउँदा यसैगरी राजस्व बढी उठेको थियो ।