प्रदेश र प्रतिनिधिसभाका लागि कांग्रेसबाट टिकट लिन तराई मधेसका नेताहरू भारतीय नम्बर प्लेटका आधा दर्जन गाडीसहित प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन् । कोही आफन्तको र त कोही भाडामा भारतीय नम्बर प्लेटका गाडी लिएर पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटार पुगेका हुन् । सप्तरीका कांग्रेस सभापति दिनेश यादव, सर्लाहीस्थित मलंगवाका मेयर निश्चल साह आफूनिकटका नेतालाई उम्मेदवार बनाउन भारतीय गाडीमा कांग्रेसको झन्डासहित बालुवाटार छिरेका थिए । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले निर्वाचनका लागि दिनको दुई हजार पाँच सय रुपैयाँमा भारतीय गाडी भाडामा लिएका छन् । उनले भाडामा लिएको गाडी पनि नेता बोकेर बालुवाटारमा आएको थियो । तराई मधेका नेताहरूका स्र्कोपियो, टाटासहितका ५–६ वटा गाडी बुधबार बालुवाटारमा देखिए । आफूनिकटका नेताको उम्मेदवारी टुंगो लागेपछि नेतालाई बोकेर जिल्ला पुग्ने र निर्वाचनभर प्रचारमा पनि प्रयोग हुने सम्बन्धित गाडीका चालकहरू बताउँछन् । ‘निर्वाचनका लागि भनेर कसैले भारतीय आफन्त र कसैले भाडामा गाडी ल्याएका छन्,’ भारतीय नम्बर प्लेटको गाडीका चालक विजयकुमार कुसवाहले भने, ‘निर्वाचनभर भारतीय गाडी प्रयोग गर्ने भनेर ल्याइएको छ ।’
बालुवाटारमा बिहानदेखि रातिसम्मै भिडआफूनिकटका नेतालाई टिकट दिलाउन तराई मधेसबाट सयौँको संख्यामा नेता–कार्यकर्ता बालुवाटार आएका थिए । बालुवाटारमा बिहानदेखि मध्यरातसम्मै भिड लागेको थियो । आफूनिकटको नेताले टिकट पाएको खुसियाली मनाउन र हेर्नका लागि बालुवाटारमा सयौँको भिड लागेको थियो ।
टिकट पाउँदा नै फूलमालाले छोपिए उम्मेदवारबालुवाटारमा टिकट पाएपछि डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्ल गलाधारी मालासहित बालुवाटारमा देखिए । डडेल्धुरा ‘ख’बाट उनले प्रदेश सभामा टिकट पाएका छन् । टिकट पाउँदा नै उनी विजयी भएको शैलीमा माला र खादासहित नेता–कार्यकर्ताको भिडमा देखिए । टिकट पाएका अन्य नेताहरू पनि खादासहित प्रफुल्ल भएर मिडियालाई टिकट देखाउँदै बाहिरिएका थिए ।
टिकट नपाउनेहरू निराश, टाटासुमोको टिकटको जोकआफूनिकटका नेताले टिकट नपाउँदा केही नेता–कार्यकर्ता निराश बनेका थिए । कतिपय त पार्टीले आफूहरूले आशा गरेको नेतालाई टिकट नदिइएपछि अब गाडीको टिकट काटेर जिल्ला फर्किने भन्दै बालुवाटार प्रांगणमा रमाइलो गरिरहेका देखिन्थे ।
मीन विश्वकर्मा प्रत्यक्षमा पनि उम्मेदवारकांग्रेसबाट समानुपातिक सूचीमा परेका मीन विश्वकर्मा प्रत्यक्षतर्फका पनि उम्मेदवार बनेका छन् । निर्वाचन आयोगमा बुझाइएको बन्द सूचीमा विश्वकर्माको नाम छ । तालमेलमा संघीय समाजवादी फोरमका अशोक राईलाई सुनसरी १ बाट टिकट दिने तयारी कांग्रेसको थियो । तर, तालमेलको सम्भावना कम हुँदै गएपछि कांग्रेसले पुनः विश्वकर्मालाई उम्मेदवार बनाएको हो ।
समानुपातिक सूचीमा नाम संशोधनपछि पनि विश्वकर्माको नाम झिकिएको थिएन । तर, बुधबार दिउँसो विश्वकर्मालाई प्रत्यक्षमा उम्मेदवार बनाइएको हो । समानुपातिकमा उम्मेदवार कायम भइरहेका वेला प्रत्यक्षमा पनि नाम आएका विश्वकर्माले आफ्नो रुचि प्रत्यक्षमा पनि भएको बताए ।
समानुपातिकमा उम्मेदवार भइसकेपछि फेरि प्रत्यक्षमा उम्मेदवार बन्न मिल्छ त भन्ने प्रश्नमा उनले भने, ‘मेरो रुचि प्रत्यक्षमा निर्वाचन लड्ने हो । अहिले प्रत्यक्षमा नाम आएको छ । कानुनी व्यवस्था के हुन्छ, निर्वाचन आयोगसँग छलफल हुँदै छ ।’ कांग्रेसले टुंग्याउँदै गरेको उम्मेदवारको सूचीमा अरू उम्मेदवारको नाम प्रिन्ट गरिए पनि विश्कर्माको नाम हातले थपिएको छ ।