४५ जिल्लामा मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १२८ सिटमध्ये बुधबार रातिसम्म ५० प्रतिशत मात्र उम्मेदवार टुंग्याएको छ । यो खबर चिरञ्जीवी ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन्।
प्रतिनिधिसभाका सबै तथा प्रदेशसभातर्फ २५६ सिटका लागि बिहीबार बिहानसम्म उम्मेदवारको टुंगो लाग्ने संसदीय समितिका एक सदस्यले जानकारी दिए ।उम्मेदवार चयन ढिलाइ हुनुमा लोकतान्त्रिक गठबन्धनसँग तालमेल मिलाउनु कारण रहेको उसले जनाएको छ ।
ती नेताले भने, ‘सिट तालमेल गरेरै उम्मेदवारी दिनु राम्रो हुने भन्दै प्रधानमन्त्रीले उम्मेदवारलाई जिल्ला पठाउन चारवटा हेलिकोप्टर स्ट्यान्डबाई राख्नुभएको छ ।’
निधिलाई मधेसवादीले समर्थन नगर्नेकांग्रेस नेता विमलेन्द्र निधिलाई संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले धनुषा क्षेत्र नं. ३ मा नछाड्ने अडान राखेपछि लोकतान्त्रिक गठबन्धन विघटन उन्मुख भएको छ । धनुषा-३ मा निधि र सर्लाही-४ मा अमरेशकुमार सिंहलाई समर्थन गर्न फोरम नेपाल र राजपाले नमानेपछि कांग्रेस र मधेसकेन्द्रित दलबीचको तालमेल भाँडिने चरणका पुगेको हो ।
मनोनयन दर्ता गर्नु एक दिनअघि बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा कांग्रेस, राजपा र फोरमका नेताहरूको बैठक बसेको थियो । बालुवाटार बैठकमा धनुषा-३ मा विमलेन्द्र निधिका लागि उम्मेदवारी छाड्न राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई कांग्रेस नेताहरूले आग्रह गरेका थिए । महतोले आफूलाई धनुषा-३ वा सर्लाही-४ मा समर्थन गर्न कांग्रेस नेतासँग आग्रह गरेका थिए।
निधिलाई धनुषा-३ र अमरेशकुमार सिंहलाई सर्लाही-४ मा उम्मेदवार बनाएकाले अरू नै क्षेत्र रोज्न महतोलाई कांग्रेस नेताले सुझाएपछि मधेसवादी र कांग्रेसबीच उम्मेदवारीको तय हुन सकेन ।
झापा-३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई नछाड्ने अडान लिएपछि वाम गठबन्धनले लिङदेनलाई समर्थन गर्ने घोषणा गरेको थियो ।
राप्रपालाई कांग्रेसले सिटौलाविरुद्ध लिङदेनको उम्मेदवारी फिर्ता लिन दबाब दिएको थियो ।
झापा-३ मा कांग्रेस र राप्रपाबीच भएको लिखित सहमति विपरित कांग्रेसले उम्मेदवार उठाएको विषयमा बुधबार राप्रपा अध्यक्ष थापाले प्रधानमन्त्री देउवासँग असन्तुष्टि जनाएका थिए ।
झापा-३ मा कांग्रेसले पूर्वमहामन्त्री सिटौला र राप्रपाले महामन्त्री लिङ्देनलाई उम्मेदवार बनाएको छ।
प्रधानमन्त्री देउवा र राप्रपा अध्यक्ष थापाबीच बुधबार भएको छलफल झापामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने विषयमा केन्द्रित रहेको राप्रपा प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
प्रदेश-२ का ३२ निर्वाचन क्षेत्रमध्ये फोरमले १७ र राजपाले १५ उम्मेदवारी दिने निर्णय राजपा र फोरमबीच सहमति भइसकेकाले निधि र सिंहका लागि सिट छाड्न गाह्रो परेको राजपाका नेताहरूले बताएका छन् ।
सहमतिअनुसार राजपा शीर्ष नेतामध्ये महन्थ ठाकुर महोत्तरी-३ बाट चुनाव लड्ने भएका छन् । अध्यक्ष मण्डलका राजेन्द्र महतो धनुषा-३, शरत्सिंह भण्डारी महोत्तरी-२, राजकिशोर यादव सिरहा ४, अनिलकुमार झा रौतहट १ र जितेन्द्र सोनल बारा-४ बाट चुनाव लड्ने भएका छन् ।
कांग्रेसका उम्मेदवारप्रदेश नं. १इलाम १ - भूपेन्द्र कट्टेल
इलाम- २ केशव थापा
तेह्रथुम- सीता गुरुङ,
धनकुटा (राप्रपा तालमेल)
उदयपुर १ डा. नारायण खड्का
उदयपुर २ नारायणबहादुर कार्की
झापा १ विश्वप्रकाश शर्मा
झापा ३ कृष्णप्रसाद सिटौला
मोरङ १ डिकबहादुर लिम्बू
मोरङ २ डा. मीनेन्द्र रिजाल
मोरङ ३ सुनीलकुमार शर्मा
मोरङ ४ महेश आचार्य
मोरङ ५ अमृतकुमार अर्याल
मोरङ ६ डा. शेखर कोइराला
सुनसरी १ मीनबहादुर विश्वकर्मा
सुनसरी २ सीताराम मेहता
सुनसरी ३ विजयकुमार गच्छदार
सुनसरी ४ राजेन्द्रबहादुर कार्की
प्रदेश नं. २धनुषा ३ विमलेन्द्र निधि
बारा ३ फरमुल्ला मन्सुर
पर्सा ४ रमेश रिजाल
प्रदेश नं. ३सिन्धुली १ प्रेमचन्द्र दाहाल
सिन्धुली २ नरेन्द्रजंग थापा
मकवानपुर १ राप्रपा तालमेल
मकवानपुर २ महालक्ष्मी उपाध्याय डिना
काभ्रे १ तीर्थबहादुर लामा
प्रदेश नं. ४नवलपरासी १ डा. शशांक कोइराला
नवलपरासी पूर्व विष्णुकुमार कार्की
तनहुँ १ रामचन्द्र पौडेल
स्याङ्जा १ राजु थापा
स्याङ्जा २ गोपालमान श्रेष्ठ
पर्वत १ अर्जुनप्रसाद जोशी
प्रदेश नं. ५पाल्पा १ विजयराज घिमिरे
पाल्पा २ हरिप्रसाद नेपाल
अर्घाखाँची १ रामबहादुर बिसी
गुल्मी १ चन्द्रकान्त भण्डारी
गुल्मी २ चन्द्रबहादुर केसी
दाङ ३ दीपक गिरी
प्युठान १ डा. गोविन्दराज पोखरेल
बर्दिया २ गोपाल दहित
प्रदेश नं. ६सल्यान १ राजेन्द्रबहादुर शाह
सुर्खेत १ पूर्णबहादुर खड्का
सुर्खेत २ हृदयराम थामी
दैलेख १ राप्रपासँग तालमेल
दैलेख २ शिवराज जोशी
प्रदेश नं. ७कैलाली १ ईश्वरीदेवी न्यौपाने
कैलाली २ मोहनसिंह राठौर
कैलाली ३ रामजनम चौधरी
कैलाली ४ सुनीलकुमार भण्डारी
कैलाली ५ डा.आरजु राणा
कञ्चनपुर १ दिवानसिंह विष्ट
कञ्चनपुर २ नारायणप्रकाश साउद
कञ्चनपुर ३ रमेश लेखक
डडेलधुरा १ शेरबहादुर देउवा
अछाम १ भरतकुमार स्वाँर
अछाम २ पुष्पबहादुर शाह
डोटी १ वीरबहादुर बलायर
प्रदेश नं. ३काठमाडौं १ प्रकाशमानसिंह
काठमाडौं २ दीपक कुइँकेल
काठमाडौं ३ अम्बिका बस्नेत
काठमाडौं ४ गगन थापा
काठमाडौं ५ डा. प्रकाशरण महत
काठमाडौं ६ भीमसेनदास प्रधान वा जिल्ला सभापति सबुज बानियाँ
काठमाडौं ७ राप्रपासँग सहमति प्रयास
काठमाडौं ८ नवीन्द्रराज जोशी
काठमाडौं ९ ध्यानगोविन्द रञ्जित
काठमाडौं १० राजन केसी