छुट्टाछुट्टै मतपत्र छपाइ गर्ने भएपछि प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि तयार गरिएका तालिम, मतदाता शिक्षासम्बन्धी निर्देशिका, अनुसूची फारम पुनः तयार गर्नुपर्नेछ । ती काम अब सुरुबाटै गर्नुपर्नेछ । यस्तै, मतदान केन्द्र पनि पुनरावलोकन गर्नुपर्नेछ । अहिले बढीमा १०६४ मतदाता हुने गरी एउटा मतदान केन्द्र तोकिएको छ, तर तीनवटा मतपेटिका राख्ने हो भने सातदेखि आठ सय मतदाता हुने गरी मतदान केन्द्र तय गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा अहिले कायम रहेका १९ हजार ८०९ मतदान केन्द्रलाई बढाएर २२ हजारसम्म पु¥याउनुपर्ने हुन्छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
० छुट्टाछुट्टै पानामा अब तीन करोड ४८ लाख मतपत्र छाप्नुपर्ने हुन्छ । छपाइका लागि समय र खर्च दोब्बर लाग्नेछ । अब मतदान केन्द्रमा समानुपातिकतर्फ प्रदेश सभा र प्रतिनिधिसभाको एउटै मतपेटिका हुुुनेछ । प्रत्यक्षतर्पm प्रदेश र प्रतिनिधिसभाका लागि छुट्टाछुट्टै गरी तीनवटा मटपेटिका हुनेछन् । यसका साथै प्रत्येक मतदान केन्द्रमा कम्तीमा एकजना कर्मचारी थप्नुपर्छ । जसकारण १९ हजार ८०९ मतदान केन्द्रमा करिब २० हजार कर्मचारी थप हुनेछन् भने सुरक्षाकर्मीको संख्या पनि बढ्नेछ ।
० १९ हजार ८०९ मतदान केन्द्रका लागि दुई लाख २० हजार कर्मचारी र दुई लाख ७२ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी थियो । मतदान केन्द्र पुनरावलोकन गर्दा करिब २२ हजारसम्म पुग्न सक्नेछन् । २२ हजारको दरले टेबल, कुर्सी, म्याट, स्ट्याम्प, स्ट्याम्प प्याड, स्वस्तिक छाप, मसी, करिब ३० हजार मतपेटिका र दुई लाख मतपेटिकाको सुरक्षण सिल थप्नुपर्छ । साथै, २२ हजार थान स्टिकर, २२ हजार मिटर कोरा कपडा, २२ हजार मतपेटिका अनुसूची फारम, २२ हजार वटा स्केल पनि थपिनेछन् ।
० आयोगले अब मतदाता शिक्षा, मतदान अधिकृतलाई दिने तालिमसम्बन्धी कार्यक्रम पनि नयाँ तय गर्नुपर्ने हुन्छ । आयोगले छापेका ११ लाख नमुना मतपत्र नष्ट भएको भने अहिलेसम्म दिएको तालिम पनि खेर गएको छ । रेडियो, टेलिभिजन, पत्रपत्रिकाका लागि तयार गरिएका विज्ञापन नयाँ तयार गर्नुपर्ने हुन्छ । १६ भाषामा तयार मतदाता शिक्षा कार्यक्रममा सामग्री पनि नयाँ बनाउनुपर्ने हुन्छ ।