भुटानको प्रगतिले धेरैलाई लोभ्याउँछ। संसारका धेरै मुलुक लोभिने यस्तो प्रगति उसले पछिल्ला केही दशकमै हासिल गरेको हो।
विश्व बैंकका अनुसार सन् २०२३ मा भुटानीहरूको प्रतिव्यक्ति आय ३ हजार ७१८ अमेरिकी डलर पुगेको छ। नेपालको भन्दा साढे दुई गुणा धेरै।
भुटानको जनसंख्या जम्मा सात लाख छ।
सन् २००८ देखि भुटानमा बहुदलीय व्यवस्था लागू भएको छ। राजनीतिक स्थिरता र स्थायित्व छ। शिक्षा र स्वास्थ्य सेवा भुटानमा निःशुल्क छ।
भुटानको अर्को ठूलो उपलब्धि — दक्षिण एसियाको मात्रै होइन, यो देश संसारकै सबभन्दा कम भ्रष्टाचार हुने मुलुकमध्ये एक हो।
ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) का अनुसार एसियामा कम भ्रष्ट मुलुकको सूचीमा सिंगापुर मात्र भुटानभन्दा माथि छ। अरू सबै तल छन्।
द्रुत गतिको आर्थिक प्रगति, राजनीतिक स्थायित्व, अतिकम भ्रष्टाचार, सफा वातावरण र प्राकृतिक सुन्दरताले भरिएको भुटान धेरै अर्थमा लोभलाग्दो छ।
तर भुटानी युवाहरू यस्तो लोभलाग्दो देश छाडेर ठूलो संख्यामा बिदेसिइरहेका छन्।
भुटानी, विशेषगरी युवाहरू, अहिले बिदेसिने क्रम बढेको छ। अस्ट्रेलियामा मात्रै करिब ३० हजार भुटानीहरू बसिरहेको आकलन छ। थोरै जनसंख्या भएको सानो मुलुकबाट यति धेरै युवा बिदेसिन थालेपछि भुटानमा ठूलो चिन्ता थपिएको छ।
भुटानी प्रधानमन्त्री छिरिङ तोग्वेले यसलाई 'भुटानको अस्तित्वमाथिकै संकट' भनेका छन्।
भुटानको यो सन्दर्भमा टेकेर यो लेखमा म तीन विषयमा चर्चा गर्नेछु।
१. भुटानी युवाहरूले जसरी देश छाडिरहेका छन्, त्यसले नेपालीहरू जुन कारणले देश छाडेको 'न्यारेटिभ' हामीले बनाइरहेका छौं, त्यसमा पुनर्विचारको माग गर्छ।
२. सन् १९६० को दशकमा दक्षिण कोरिया र नेपालका आर्थिक चुनौती उस्तै थिए। कोरियाको सरकारले त्यस बेला नीति नै बनाएर करिब ११ लाख नागरिकलाई खाडी मुलुकमा काम गर्न पठायो। त्यस्तै तत्कालीन पश्चिम जर्मनीसँग सम्झौता गरेर करिब २० हजार नर्स र खानीमा काम गर्ने मजदुर जर्मनी पठायो। दक्षिण कोरियाले किन त्यस्तो नीति लियो? आजको समृद्ध कोरिया बन्नमा त्यसले कति भूमिका खेलेको छ?
३. सन् २००० यता मात्रै करिब ३०–४० लाख नेपाली विदेश पुगेको आकलन छ। के राजनीति ठिकठाक भएको भए उनीहरूलाई नेपालमै राख्न सम्भव थियो?
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)