सन् १८५७ मा उत्तर प्रदेशको मेरठबाट सुरू सिपाही विद्रोहले लगभग सम्पूर्ण हिन्दुस्तानलाई पकडमा लिइसकेको थियो।
हिन्दुस्तानी राजा–रजौटाहरू पनि ब्रिटिस अधीनबाट मुक्त हुने अभिप्रायले संग्राममा होमिएका थिए। यसले विद्रोह काबूमा लिन ब्रिटिस सरकारलाई धौधौ पर्न थाल्यो।
यही मौकामा जंगबहादुर रणनीतिक चाल चले —
उनले सिपाही विद्रोह दबाउन नेपालबाट सैन्य सहायता पठाउने प्रस्ताव गरे; र सँगसँगै यो पनि भने, ‘सहायताको बदलामा हामीलाई केही लाभ चाहिन्छ?’
जंगबहादुरले यो लाभ पाउन शासनसत्ता हातमा लिएदेखि नै ब्रिटिसको मन जित्ने अथक प्रयास गरेका थिए।
उनी जोरी खोजेर होइन, मित्रताको डोरी बाँधेर ब्रिटिस रिझाउन चाहन्थे।
र, ब्रिटिस रिझाउन जंगबहादुरले तीन कूटनीति अपनाए।
ती कूटनीति के थिए? शृंखलाको यो अध्यायमा हामीले यही चर्चा गरेका छौं।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)