भुइँचालोले अग्ला घर मात्र ढाल्छ भन्ने जरूरी छैन।
एउटै भुइँचालोले सहरको एक ठाउँमा अग्ला घरहरू गर्ल्यामगुर्लुम ढल्छन्, होचा घरहरू सग्लै रहन्छन्। त्यही भुइँचालोले सहरको अर्को ठाउँमा होचा घरहरू सखाप पारेर अग्ला घरहरू मात्र ठिंग उभिइरहेका हुन सक्छन्।
२०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भुइँचालोको प्रभाव यस्तै थियो।
उक्त भुइँचालोको तरंग गोरखाबाट ७८ किलोमिटर दुरी पार गर्दै काठमाडौं उपत्यका प्रवेश गरेको थियो। व्यावहारिक रूपमा हेर्दा यति टाढादेखि आएको भुइँचालोको शक्ति काठमाडौं छिर्दासम्म कमजोर भइसक्नुपर्ने थियो। तर त्यस्तो भएन। भुइँचालोले सबभन्दा बढी क्षति काठमाडौंमै पुर्यायो।
काठमाडौंमा पनि सबै ठाउँमा बराबर क्षति भएन। बालाजु, सुन्धारा, कालिमाटी लगायत समथर भूभागका अग्ला घरहरू प्रायः कुनै पनि क्षतिबाट बचेनन् भने भक्तपुर, साँखु, बुंगमती, खोकना जस्ता अग्ला ठाँउमा होचा घरहरू सखाप भए।
अर्कातिर, अग्लो डाँडामै बसेको कीर्तिपुरमा एकदमै कम क्षति पुग्यो, स्वयम्भू डाँडामा भने बढी क्षति भयो।
यस्तो किन हुन्छ त?
त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक तथा भुइँचालोविद डा. दीपक चम्लागाईं र उनको टिमले हेटौंडा उपत्यकामा ४८ ठाउँको भौगर्भिक अनुसन्धान गरेर एउटै भुइँचालोले कसरी ठाउँअनुसार कहीँ अग्ला र कहीँ होचा घरमा क्षति पुर्याउँछ भन्ने अध्ययन गरेका छन्।
उनीहरूको अनुसन्धान लेख युरोपबाट छापिने अन्तर्राष्ट्रिय जर्नल 'नेचुरल हाजार्ड' मा हालै प्रकाशित भएको छ। चम्लागाईंको नेतृत्वमा सिजन आचार्य, प्रज्ज्वल न्यौपाने र नवराज ढकालले यो अध्ययन गरेका हुन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)