सोह्र वर्षअघिको कुरा हो।
भर्खर किशोरावस्थामा पाइला टेक्दै थिइन्, रिका।
काठमाडौं कालिकास्थानको एस्फोडेल पब्लिक स्कुलमा कक्षा ७ मा पढ्थिन् उनी।
उनका आमाबुबाको आर्थिक अवस्था नाजुक थियो। उनीहरू काठमाडौं डिल्लीबजारस्थित एक स्थानीयको घरमा काम गर्थे। त्यही घरधनीका आफन्तको सहयोगमा रिकाले पढ्न पाएकी थिइन्।
'कक्षा १ बाटै मैले विभिन्न व्यक्तिको सहयोगमा पढ्न पाएँ। त्यसैले पनि परिवारले मलाई भाग्यमानी छे भन्थे। मलाई पनि हो जस्तै लाग्थ्यो,' रिकाले भनिन्।
उनको भाग्य कक्षा ६ पुग्दासम्म यथावत नै थियो। आमाबुबाको काखमै रहेर हुर्किइन्, पढिन्। जिन्दगी एउटै लयमा बगिरहेको थियो। शान्त र सरल। स्कुल जाने-आउने गरेरै दिन बित्थ्यो।
एकदिन अचानक भाग्यलाई कुठाराघात पार्ने गरी उनले एउटा निधो गर्नुपर्ने भयो।
त्यसपछि दिन मुस्किल भए।
साथीहरूका अगाडि दिनहुँजसो बेइज्जती सहन रिकालाई सकस हुन थाल्यो।
त्यो बेला आफूलाई परेको मानसिक असर र दिनहुँको तनाव बताउन उनीसँग आमाबुबाको सम्पर्क नम्बर पनि थिएन।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)