रामपुर क्याम्पस प्रमुखको गाडी चलाउन थालेपछि चेतबहादुर आलेको जिन्दगीलाई हेर्ने नजर बदलियो।
क्याम्पस प्रमुखमार्फत् उनको चिनजान पढेलेखेका व्यक्तिहरूसँग भयो। जता जाँदा पनि उनीहरूकै कुराकानी सुन्न थाले।
जिन्दगीमा पहिलोपटक चेतबहादुरलाई आफूले स्कुले पढाइ पूरा गर्न नसकेकोमा थकथकी लाग्यो। तर त्यो थकथकीलाई उनले निराशामा परिणत हुन दिएनन्। बरू मनमा अठोट लिए — मैले पढ्न नसके पनि म मेरा छोराछोरीलाई यति धेरै पढाउँछु, ताकि उनीहरू यो क्याम्पसका सरहरू जत्तिकै सबैले मान्ने र लायकका होऊन्!
उनले यो पनि सोचे — नपढेकै कारण मैले जिन्दगीमा जे दु:ख पाएँ, त्यो दु:ख मेरा छोराछोरीले कहिल्यै नपाऊन्!
आज चेतबहादुरका तीन छोरी र एक छोरा सबै लायकका छन्। आ-आफ्नो ठाउँमा तरक्की गरेका छन्।
बच्चा हुर्काउनु बच्चाको खेल होइन। यो आफैमा पूर्णकालीन काम हो, जसको निम्ति ठूलो सुझबुझ, सम्झौता र समर्पणको खाँचो पर्छ। चेतबहादुर र उनकी पत्नी सन्तुले पनि आफ्ना सन्तानलाई लायकको बनाउन कम मिहिनेत गरेका छैनन्।
यो उनीहरूको त्यही अनुभवको कथा हो।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)