वीर अस्पतालको युरोलोजी विभागको ओपिडीमा एक ६० वर्षीय पुरूष छटपटाउँदै आए।
ओपिडीमा अरू बिरामी हेरेपछि मिर्गौला रोग विशेषज्ञ डा. रबिन बस्नेतले उनलाई जाँचे।
मूत्रनलीमा सानो ढुंगा बसेको रहेछ। डा. बस्नेतले केही औषधि लेखिदिए र दैनिक ३-४ लिटर पानी पिउन भने।
त्यही रात ९ बजेतिर तिनै पुरूष वीर अस्पतालको इमर्जेन्सीमा भर्ना भएछन्।
आफैले जाँचेको बिरामी एक दिन नबित्दै इमर्जेन्सीमा भर्ना हुन आएपछि डा. बस्नेत भेट्न गए र सोधखोज गरे।
बिरामीकी श्रीमतीको कुरा सुनेर उनी चित खाए।
भएछ के भने, बिहान डा. बस्नेतसँग उपचार गराएपछि उनीहरू औषधि किन्न गएछन्। पसलेले भनेछन्, 'तीन-चार लिटर पानी पिउनुभन्दा बियर खायो भने यति सानो पत्थरी त एकैदिनमा जान्छ।'
'थोरै होइन, एकैचोटि ६ बोतल बियर खाइदिनुभएछ,' डा. बस्नेतले भने, 'जीवनमा पहिलोपटक, त्यो पनि एकैचोटि त्यति धेरै बियर खाँदा 'अल्कोहोल पोइजनिङ' नै भएछ। लामो समय अस्पताल भर्ना गरेर उपचार गरेपछि मात्र ठिक भयो।'
मिर्गौलामा पत्थरी भएका बिरामीले यस्ता के-के गल्ती गर्छन्?
सेतोपाटीको 'बिरामीले गर्ने गल्तीहरू' शृंखलामा यसपटक हामीले मिर्गौलामा पत्थरी भएका बिरामीले गर्ने गल्तीबारे वीर अस्पतालको युरोलोजी विभाग प्रमुख डा. बस्नेतसँग कुरा गरेका छौं। उनले आफ्नो १४ वर्षको अनुभवका आधारमा बिरामीले मुख्यगरी १० वटा गल्ती गर्ने बताए र तिनको विस्तारपूर्वक वर्णन गरे।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)