चितवनमा चेपाङ समुदायको बसोबास रहेका नौवटा गाउँ पञ्चायत समेटेर शिक्षा, स्वास्थ्य र सरसफाइ अभियान सञ्चालन गरिएको थियो।
सरसफाइ निम्ति नुहाइधुवाइ गर्ने कार्यक्रम पनि थियो। सुरूमा धेरैले नुहाउन आनाकानी गरेपछि अधिकारीहरूले एउटा जुक्ति फुराए।
उनीहरूले गाउँ-गाउँ गएर फोटो खिच्ने, नुहाइदिने अनि फेरि फोटो खिच्ने गरे।
नुहाउनुअघि र नुहाइसकेपछिको फोटो देखाउँदा बल्ल उनीहरूले आफू कस्तो थिएँ र कस्तो भएँ भन्ने थाहा पाए।
यो लगायत चेपाङ समुदायको विकास र सशक्तीकरण कार्यक्रम सञ्चालनमा झ्यापुराम प्रजाको सक्रिय भूमिका रह्यो।
चेपाङ समुदायका सर्वमान्य नेता झ्यापुराम अहिले ८८ वर्षका भए। चितवनको विकट र विपन्न गाउँमा जन्मिएका उनमा शिक्षा र विकासको बलियो चेत थियो। उनी राजनीतिमा पनि सक्रिय थिए र राजा वीरेन्द्रसँग निकट सम्बन्ध बनाएका थिए।
उनमा विकास र राजनीतिप्रतिको चेत कसरी आयो?
चेपाङ समुदायको पहिचान र विकास निम्ति उनले दरबारबाट के के माग गरे?
पढ्नुहोस् विस्तृतमा —
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)