हेमचन्द्र दाहाल वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा गाडी चलाउँछन्।
विभागका अधिकारी बजार अनुगमनमा निस्कँदा विभिन्न ठाउँ पुर्याउने काम गर्छन्। तर हाकिमहरूलाई गन्तव्य पुर्याएपछि गाडी कुरेर बस्ने उनको बानी छैन।
उनी अनुगमन टोली सँगसँगै हिँड्छन्। टोलीका हरेक काममा सरिक हुन्छन्। धेरै ठाउँमा त कसले कुन नियम उल्लंघन गर्यो भनेर सम्झाउने र त्यसबापत् जरिवाना तोक्ने काम नै हेमचन्द्रले गर्छन्।
हामीले नियमित अनुगमनमा जाने विभागका तीन जना अधिकारीसँग हेमचन्द्रबारे कुरा गर्यौं। ती सबैले उनको अनुभव र दक्षताको मुक्तकन्ठले प्रशंसा गरे।
शाखा अधिकृत राजन कँडेलले त यतिसम्म भने, 'उहाँको स्वभाव जासुसजस्तै छ। उहाँले आफ्नै निगरानीबाट फेला पारेका तथले हामीलाई जरिवाना गर्न धेरै सहज भएको छ। यो वर्ष विभागले करिब ३ करोड ६३ लाख रूपैयाँ जरिवाना तिराएको छ, जसमध्ये धेरै जरिवाना हेमचन्द्र गएको टोलीले असुलेको हो।'
हेमचन्द्र भलै सरकारी गाडी हाँक्ने 'साधारण' काम गर्छन्, तर उनी आफैमा असाधारण छन्।
जीवनप्रति उनको उत्साह, कामप्रति उनको जाँगर, आफ्नो कार्यालयका कर्मचारीप्रति उनको सद्भाव र कार्यालयको उद्देश्यप्रति उनको समर्पण सबै असाधारण छन्। यिनै असाधारण गुणका कारण विभागदेखि मन्त्रालयसम्म उनको नाम चम्किएको छ; उनको जिन्दगीले गति समातेको छ।
पढ्नुहोस् हेमचन्द्रको कथा विस्तृतमा —
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)