सोहन वली घरबाट हिँडेको ३० महिनापछि मात्रै अमेरिकाको शरणार्थी शिविरमा पुगे।
पहिलोपटक सीमाबाटै प्रहरीले समातेर उनलाई जर्मनी डिपोर्ट गरेको थियो।
त्यसपछि उनलाई फेरि अमेरिका छिराउन दलालहरूले अर्को उपाय खोजे — जर्मनीबाट अफ्रिकी देश गाम्बिया पुर्याउने र त्यहाँबाट स्पेन हुँदै पुनः मेक्सिको ट्रान्जिट पार्ने।
यसबीच कोलम्बियाबाट पानामा पस्ने ठाउँ संसारकै खतरनाक मानिन्छ।
अवैध बाटोबाट अमेरिका पस्ने नेपालीहरूले त्यसलाई मृत्युमार्ग नामकरण गरेका छन्।
घना जंगलबीच एउटै नदी दसौंपटक तर्नुपर्ने हुन्छ। दूधे शिशु कोखिलामा च्यापेर आमाहरू सकी–नसकी हिलोमा पैताला घिसारिरहेका हुन्छन्। काखे शिशुका कारूणिक चित्कार र क्रन्दनले बाटै चहर्याइरहेको भान हुन्छ। वन–बुट्यानका जरामा खुट्टा अल्झिएर मुटु नै बाहिर आउलाजस्तो हुन्छ।
कसैले त हिरिकहिरिक गर्दै त्यहीँ आफ्नो अन्तिम सास फेर्छन्।
पढ्नुहोस् विस्तृतमा।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)