२०७४ वैशाख ४ गते विद्यालय भर्ना हुन जाँदा गोमा पराजुली ५३ वर्षकी थिइन्।
'कसलाई भर्ना गर्न खोज्नुभएको होला?' प्रधानाध्यापकले आश्चर्य व्यक्त गरे।
'म आफै भर्ना हुन खोजेको,' गोमाले जबाफ दिइन्।
'सुरूमा त हेडसरले पत्याउनुभएन। पछि मैले पढाइको भोक बताएपछि उहाँ खुसी हुनुभयो र भर्ना गर्न मञ्जुर हुनुभयो,' उनले भनिन्।
जीवनका अनेकौं भीर-पहरा छिचोलेपछि स्कुल भर्ना हुनुका पछाडि गोमाको एउटा ध्येय थियो – उनलाई आफ्नो आत्मकथा लेख्नु थियो।
आफ्ना व्यथा लेखाउन उनले सहयोगी पनि खोजेकी थिइन्। किताब लेख्न सहयोगी खोज्दै जाँदा उनी 'प्रेत लेखक' हरूको सम्पर्कमा पनि पुगेकी थिइन्।
'घोस्ट राइटर खोज्दै जाँदा झल्याँस्स सम्झिएँ – उनीहरूले किताब त लेख्देलान् तर आफ्नै किताब आफैले पढ्न सकिनँ भने मरेतुल्य हुन्छ भन्ने लाग्यो,' उनले भनिन्।
त्यसपछि नै हो गोमा स्कुल भर्ना भएकी।
आखिर उनको जिन्दगीमा त्यस्तो के थियो, जुन आत्मकथामार्फत भन्न चाहन्थिन्?
मनमा कस्तो शूल उठेको थियो, जुन अक्षरमा पोखेर शमन गर्न चाहन्थिन्?
पढ्नुहोस् विस्तृतमा।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)