'सँगसँगै जिन्दगी' लामो समयदेखि सँगै जीवन बाँचिरहेकाहरूको कथा हो। प्रेम, आरोह, अवरोह र उनीहरूले भोगेको जीवनको कथा। पूर्वअर्थमन्त्री तथा नागरिक अगुवा देवेन्द्रराज पाण्डे र पद्मा अर्यालको ५३ वर्ष लामो वैवाहिक जिन्दगी छ।
देवेन्द्रराज वाचाल छन्। बोलिरहन रूचाउँछन् पनि। सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जालसम्म आफ्ना कुरा खुलेर राख्छन्।
पद्मा धीर र शान्त छिन्। सुनिरहन रूचाउँछिन्। सार्वजनिक रूपमा आफ्ना कुराहरू खासै खुलाउँदिनन्।
स्वभावका दुई विपरीत ध्रुवको मिलन कसरी भयो त?
हाम्रो प्रश्नमा देवेन्द्रराज मज्जाले मुस्काए। श्रीमती पद्मातिर फर्किए, अनि भने, 'ल आज आमाले बोल्ने।'
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)