सन् १७९३ मा नेपाल आएका बेलायतका कर्क प्याट्रिक काठमाडौं देखेर तीनछक परेका थिए।
त्यति बेला आफूले देखेको काठमाडौंबारे उनले भनेका थिए, 'यहाँ घरभन्दा ज्यादा मन्दिर छन्। मानिसभन्दा ज्यादा भगवान छन्। वर्षमा जति दिन हुन्छन्, तीभन्दा ज्यादा चाडपर्व छन्।'
अहिलेको काठमाडौं हेर्न सम्भव हुँदो हो त उनी फेरि तीनछक पर्थे होलान्।
कारण — यहाँ मन्दिरभन्दा ज्यादा घर बनिसके। भगवानभन्दा ज्यादा मानिस भइसके। चाडपर्व कति हराइसके, कति हराउने क्रममा छन्।
यो शृंखलामा हामीले काठमाडौंका यस्ता ठाउँ र यस्ता चिजको खोजी गरेका छौं; जुन समयक्रममा हराएर गए, जसलाई अब हामी देख्न पाउँदैनौं।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)