पवन गोल्यानको आफ्नै व्यापारिक साम्राज्य छ।
६६ वर्ष लागेका उनको गोल्यान समूह नेपालकै अग्रणी व्यावसायिक घराना हो। पचास वर्षभन्दा पुरानो यो समूहले टेक्सटायल, होटल, धागो, हाइड्रोपावर, अपार्टमेन्ट, प्लास्टिक, बैंक तथा वित्तीय संस्था लगायत दर्जन बढी क्षेत्रमा अर्बौं रूपैयाँ लगानी गरेको छ। समूहको रिलायन्स स्पिनिङ मिल्सबाट उत्पादित धागो नेपालबाट सबभन्दा धेरै निर्यात हुने वस्तुमध्ये एक हो।
काठमाडौंको सोल्टीमोडमा यो समूहले गत वर्षदेखि पाँचतारे होटल हायात प्लेस सञ्चालनमा ल्याएको छ। पवन त्यसैको माथिल्लो तलामा बस्छन्। उनी बस्ने फ्ल्याटको ठीक तल उनको कर्पोरेट अफिस छ।
तर पवन अहिले यो साम्राज्य सम्हाल्दैनन्। आफ्नो समूहका धेरैजसो काम उनले छोरालाई सुम्पिएका छन् र आफू कृषितिर मोडिएका छन्।
कृषिमा बृहत् व्यवसाय निर्माण गर्नु, धेरैभन्दा धेरै किसानलाई जोड्नु र उनीहरूलाई पनि व्यवसाय गर्न सघाउनु उनको पछिल्लो सपना हो।
यही सपना साँचेर पवनले हजारभन्दा बढी किसानसँग मिलेर कृषिकर्म सुरू गरेका छन्। र, आफ्ना अरू व्यवसायबाट एक किसिमले अवकास लिएका छन्।
पवनले आफ्नो व्यावसायिक जीवनको नयाँ अध्यायबारे हामीलाई विस्तारमा बताए।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)