त्यो दिन जग्गा कारोबारी तारा सापकोटा गिरीबन्धु जग्गा व्यवस्थापनका संयोजक विष्णु बहादुर राईसँग ज्ञानेश्वर पुगे।
उनीहरूको गन्तव्य थियो व्यवसायी दीपक मल्होत्राको ज्ञानेश्वरस्थित कर्पोरेट कार्यालय।
सापकोटा र राई मल्होत्राकहाँ पुग्नुका दुई कारण थिए — उनीहरू यस्तो मानिसको खोजीमा थिए जसले स्मार्ट-सिटी बनाउने योजनामा पैसा हाल्न सकोस्। र, राजनीतिक पहुँच प्रयोग गरेर जग्गा सट्टापट्टाको कानुनी र प्रशासनिक प्रबन्ध मिलाउन सकोस्।
उनीहरूले गिरीबन्धुको जग्गा सरकारबाट सट्टापट्टाको निर्णय गराउने र झापाको प्रमुख सहर बिर्तामोडसँगै रहेको चिया बगानको साढे तीन सय बिघामा स्मार्ट-सिटी बनाउने योजना सुनाए। त्यसका लागि विद्युतीय नक्सासमेत तयार पारेको भन्दै मल्होत्रालाई भिडिओ देखाए।
यी दुवै काम फत्ते गर्न मल्होत्रा सक्षम थिए।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)