न्यूरोडको फुटपाथ विस्तार सामान्य तर महत्त्वपूर्ण काम हो। यो स्थानीय र संघीय सरकारबीच विवाद हुनुपर्ने विषय नै होइन। तर यसमा विवाद मात्र होइन, भनाभन र लाञ्छनाको शृंखला नै जारी छ।
पछिल्लोपटक मेयर बालेन शाहले न्यूरोडमा फुटपाथ विस्तार गर्न खनेको सडक संघीय सरकारले गिरीबन्धु टी-इस्टेट प्रकरणबाट ध्यान मोड्न पुरेको आरोप लगाएका छन्। उनले बिनासन्दर्भ लगाएको यो आरोप कति जायज हो?
न्यूरोड फुटपाथ विस्तारका सम्बन्धमा योभन्दा महत्त्वपूर्ण प्रश्न धेरै छन्।
यो विवाद किन यति धेरै चर्किएको छ? यसमा बालेन कति ठिक छन्, कति बेठिक? फुटपाथ विस्तार न्यूरोड क्षेत्रका बासिन्दा र व्यवसायीको हितमा कति छ र हितविपरीत कति छ? र, यो प्रकरणमा संघीय सरकारले ठिक रवैया देखायो कि देखाएन?
यी मुख्य प्रश्न समेटेर हामीले हाम्रा पाठकहरूका लागि पाँचबुँदे ब्रिफिङ तयार पारेका छौं। पढ्नुहोस् विस्तृतमा।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)