'दाइ, क्यानडाको मेरो सपना भंग भयो!'
यसो भन्दै गर्दा उनका ओठ थर्रर कामेका थिए। पालुंगो गलेझैं अनुहार फतक्क गलेको थियो।
उनले एक सातादेखि राम्ररी खाएका थिएनन्, राम्ररी निदाएका पनि थिएनन्।
भोक र निद्राको लय बिथोलिएपछि ओठमा अवसादका धर्सा बस्न थालेका थिए। अनुहार केरा पाकेझैं पहेँलपुर भएको थियो। आँखा ओढार पसेजस्तो गहिरिँदै गएका थिए।
बुटवलका ती युवकको अवसादको कारण थियो, क्यानडामा भोग्नुपरेको दु:ख।
झन्डै २५ लाख रूपैयाँ खर्चेर क्यानडा पुगेका उनी मुस्किलमा फसेका थिए। नेपाल फर्कूँ ऋणको सावाँ-ब्याजले थिलथिलो पार्थ्यो, उतै बसूँ काम र पढाइको बोझले आफै थिलथिलो हुँदै गएका थिए।
एक दशकयता क्यानडा नेपाली विद्यार्थीहरूको आकर्षक शैक्षिक गन्तव्य बनेको छ। चालू आर्थिक वर्षको फागुन मध्यसम्म ५९ देशमा अध्ययन गर्न ६१ हजार ७३२ जनाले एनओसी लिएका थिए। तिनमा क्यानडा जान एनओसी लिनेको संख्या १३ हजार ५५३ छ।
तर क्यानडाले आप्रवासी विद्यार्थी नीतिमा कडाइ गरेपछि नेपाली विद्यार्थीहरू प्रभावित छन्।
अध्ययन भिसामा क्यानडा पुगेकाहरूले कत्तिको कामको अवसर पाएका छन् र कसरी जीविका चलाउँदै छन् भनेर हामीले २० जनाभन्दा बढी विद्यार्थीसँग कुराकानी गरेका छौं। उनीहरूले आफ्ना साझा दुःख हामीलाई सुनाए। उस्तै कहर र व्यथा बाँडे; अनुभूतिको बह पोखे।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)