प्रसूति गृह थापाथलीको सुत्केरी वार्डबाट आवाज आउँदै थियो —
'ऐय्या, म मरेँ!'
'सक्दिनँ, ऐय्या! ऐय्या!'
'म मरेँ आमा!'
उनी सुत्केरी बेथाले चिच्याउँदै थिइन्।
घरि आफ्नो शरीर जोडले दायाँ-बायाँ हल्लाउन खोज्थिन्, घरि हल न चल शिथिल हुन्थिन्।
अगाडि उभिएकी नर्स ललिता श्रेष्ठ उनलाई भन्दै थिइन्, 'अझै बल गर्नुहोस्, बच्चा निस्कनै लाग्यो।'
ललिताको कुरा सुनेर उनले भएभरको बल लगाइन्। अलि बेरमा फेरि शिथिल भइन्।
ललिताले हौसला बढाउँदै भनिन्, 'भेरी गुड। ल फेरि एकचोटि बल गर्नुहोस् त।'
उनले त्यसै गरिन्।
यो सिलसिला १५-२० मिनेटसम्मै चल्यो।
२१ वर्षदेखि प्रसूति गृहमा काम गरिरहेकी ललिताले १९ वर्ष सुत्केरी गराउने काममा बिताइसकिन्। यसबीच आफ्नै हातले करिब २१ हजार बच्चा जन्माइसकेको उनी बताउँछिन्।
उनै ललिताको दुई दशकको अनुभव साट्न हामी प्रसूति गृह पुगेका थियौं।
उनले हामीलाई बच्चा जन्माउने कोठाको अवस्था मात्र देखाइनन्, सुत्केरी गराउँदाको अनुभव र समस्याबारे पनि बिस्तारपूर्वक बताइन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)