एक जना मन्त्री चितवन निकुञ्ज घुम्न आएका थिए।
जंगलमा सुकेका र ढलेका रूख प्रशस्त देखेपछि उनले निकुञ्जका कर्मचारीलाई आदेश दिए, 'यत्रा रूख छन्, काटेर जनतालाई बाँड्नुपर्यो। राज्यलाई पैसा पनि आउँछ, जनताले राहत पनि पाउँछन्।'
वार्डेनले जबाफ फर्काए, 'हजुर यसलाई यहाँबाट निकाल्न हुँदैन।'
'के रे के रे, किन हुँदैन?' मन्त्रीले कड्किँदै भने।
'हुँदैन नि हजुर,' उनले अड्डी कसे।
'म मन्त्री हुँ। मैले भनेपछि किन हुँदैन?' मन्त्री झनै कड्किए।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)