गर्भावस्थामा खुट्टा सुन्निनु सामान्य भए पनि लामो समय सुन्निइराख्यो भने खतरा हुने परोपकार प्रसूति गृहका निर्देशक एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी बताउँछन्।
'रक्तचाप बढ्यो भने त अझै डराउनुपर्छ,' उनले भने, 'गर्भावस्थामा रक्तचाप घट्छ। त्यसैले थोरै मात्र बढ्यो भने पनि तत्काल अस्पताल पुर्याइहाल्नुपर्छ। धेरै बढेको छ भने सुत्केरी गराइहाल्नुपर्ने अवस्था आउँछ।'
'बिरामीले गर्ने गल्तीहरू' को यो शृंखलामा हामीले यसपालि गर्भवतीले ९ महिना अवधिमा के-कस्ता गल्ती गर्छन् र त्यसले आमा र बच्चाको स्वास्थ्यमा के-कस्ता जटिलता ल्याउँछन् भनेर डा. अधिकारीसँग कुराकानी गरेका छौं।
उनले आफ्नो १४ वर्षको अनुभवका आधारमा गर्भवतीहरूबाट ९ महिनामा हुने ९ गल्ती र त्यसले पार्ने असर विस्तारमा बताए।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)