सुमना ढकालले पहिलो दिन नै एक करोड रूपैयाँ गनिन्। त्यो पनि हातैले।
'मैले जिन्दगीमा त्यति धेरै नोट गन्नु त टाढाको कुरा, देखेको पनि थिइनँ,' उनले भनिन्, 'कटकट बज्ने नयाँ नोट गन्दा छुट्टै आनन्द आउँदो रहेछ। ती नोट सर्लक-सर्लक चिप्लिने खालका थिए। छुँदा पनि दाग लाग्लान् जस्ता! त्यसमाथि नयाँ नोटको त बास्नै छुट्टै! हामीले थोरै थोरै नोट गन्दा बास्ना खासै थाहा हुँदैन। तर धेरै नोट छ भने गज्जबकै मिठो सुगन्ध आउँदो रहेछ। त्यो सुगन्ध कस्तो हुन्छ भनेर म शब्दमा बयान गर्न सक्दिनँ।'
त्यो दिन एक करोड रूपैयाँ गनेर निस्कँदा उनलाई अँध्यारो गुफाबाट बाहिर आएजस्तो महसुस भएको थियो। साँझ कोठा पुग्दा पनि लुगामा नयाँ नोटकै बास्ना आइरहेको थियो।
त्यसयता उनको हातमा पैसा कहिल्यै टुटेको छैन।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)