परदेशमा जमेका नेपाली
उनी पाँच सय डलर बोकेर अमेरिका गएका थिए।
त्यहाँ ग्यास स्टेसनमा काम गर्दै जाँदा उनलाई सानैदेखिको सपनाले हौस्यायो।
जब सपना देखिन्छ, त्यो पूरा गर्ने बाटो कहिल्यै छाड्न हुन्न!
यही सपना पूरा गर्न उनी दिनभरि र रातभरि काम गर्थे। चर्पी सफा गर्नेदेखि लिएर जे काम आइपर्यो, त्यही गरे।
'मैले आफ्ना इच्छा र रहर सबै मारेर रातदिन काम गरेँ। मलाई जसरी पनि पैसा जोगाउनु थियो,' उनले भने।
उनको विश्वास थियो — एक न एक दिन यो मेहनतले रङ देखाउने छ!
आज अमेरिकाका विभिन्न ठाउँमा उनका १७ वटा 'मार्केट' छन्। दस करोड डलरभन्दा धेरै लगानी छ। दुई सय जना काम गर्छन्। उनीहरूमध्ये अधिकांश नेपाली छन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)