जंगल र वन्यजन्तु विनासमा सबभन्दा ठूलो हात कसैको छ भने त्यो दरबारको छ; शासकहरूको छ।
राजपरिवारमा बाघ सिकारलाई पछिसम्मै अवैध मानिन्थेन। उनीहरूले गैंडा मारेर त्यसको रगतबाट पितृलाई तर्पण दिएका धेरै उदाहरण छन्।
राजा महेन्द्रको निधनपछि गैंडा मारेर बाबुलाई तर्पण दिन राजा वीरेन्द्र सपरिवार चितवन आएका थिए। तर्पणको निम्ति बाघमारा क्षेत्रको गैंडा मारिएको थियो। मरेको गैंडालाई पूजास्थलमा उत्तानो पारेर राखिएको थियो। त्यसको भुँडीभित्रका सबै अंग निकालिएका थिए।
केही बेरमा सेतो लुगा लगाएर राजा वीरेन्द्रको सवारी भयो। राजाले आफ्नो ज्यान गैंडाको भुँडीभित्र घुसाए र त्यसको रगतले पितृलाई तर्पण दिए।
ज्ञानेन्द्रले तर्पण दिने भनिएको गैंडाले भने धेरै समय दुःख दियो।
सौराहा क्षेत्रमा मार्न खोजिएको गैंडा भागेर बेपत्ता भएपछि त्यसलाई खोज्न झन्डै एक महिना लागेको थियो।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)