टिचिङ अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी मृत्युको कारण पत्ता लगाउन लास चिरफार गर्छन्।
उनलाई धेरैले सम्झाए — डाक्टरी पढेर जसले बिरामीको ज्यान बचाउँदैन, ऊ केको डाक्टर!
उनले सोचे — डाक्टरी पढेर सबैले उपचार मात्र गरे, अपराध अनुसन्धानमा कसले सघाउने!
सबै भगवान कोइराला बने हरिहर वस्ती बन्ने को!
डा. चौधरीले १३ वर्षको आफ्नो करिअरमा ६ हजारभन्दा बढी लास चिरिसके।
'दुर्घटनामा क्षतविक्षत भएका, कुहिएर कीरा परेका, टाउको काटिएका, हातखुट्टा छुट्टिएका थुप्रै वीभत्स लास पोस्टमर्टम गरिसकेँ,' उनी भन्छन्, 'कहिले पनि मनमा कहाली छुटेन।'
तर दुइटा घटना यस्ता छन्, जब पोस्टमर्टमका लागि ल्याइएका लास चिर्दा डा. चौधरीको पनि हात थरर्र कामेको थियो।
मुटु चिसो भएको थियो।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)