सुन तस्करीका एक प्रमुख पात्र दावा र पछिल्लो समय चर्चामा रहेका जीवन चलाउनेबीच आदानप्रदान भएका मेसेज सिआइबीसँग सुरक्षित छन्।
एउटा मेसेजमा चलाउनेले लेखेका छन्, 'दाइ यो कुरा एकदमै गोप्य राख्नुपर्छ। मेरी श्रीमतीले थाहा पायो भने पनि मलाई मार्छ।'
त्यसको प्रतिउत्तरमा दावा लेख्छन्, 'वन्ली बिटविन यू एन्ड मी।' (यो कुरा तिमी र मबीच मात्र रहन्छ।)
अर्को एउटा मेसेजमा दावाले चलाउनेलाई सूचना दिन्छन्, 'यो महिना ८० किलो!'
त्यस्तै एउटा मेसेजमा दावा भन्छन्, 'चाइनिज गोल्ड पार्टी आएको छ।'
जीवन चलाउनेले पनि दावालाई राम्रो 'इन्डियन पार्टी' सँग आफ्नो कुरा भएको मेसेज पठाएका छन्।
अर्को मेसेजमा दावाले चलाउनेसँग पैसाको ताकेता गरेका छन्। उनी लेख्छन्, 'पार्टीले जतिखेर पनि मसँग पैसा मागिरहेको छ। त्यस्तो ढिलो नगर।'
चलाउने फेरि दावालाई मेसेज पठाउँछन्, 'पैसा आयो चेक गर।'
दावा तुरून्तै जबाफ पठाउँछन्, 'गुड!'
चलाउनेले दावालाई बैंकमा पठाएको पैसाका धेरै रसिद सिआइबीले भेट्टाएको छ।
तर यिनै चलाउनेलाई सिआइबीले गरेको कागज गायब पार्ने, उनलाई भगाउने र 'फरार' करार गर्ने काम भएपछि सिआइबी पूर्वप्रमुख किरण बज्राचार्य अहिले विवादमा छिन्। सुन तस्करी छानबिन आयोगले उनलाई कारबाहीको सिफारिस गरेको छ।
सेतोपाटीले गृहमन्त्री रवि लामिछाने, किरण बज्राचार्य र धेरै अनुसन्धान अधिकारीहरूसँग यसबारे कुरा गरेको छ। हामीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भनेका छन्, 'सिआइबी पूर्वप्रमुखको आफ्नो निर्णयका कारण मात्र यो अनुसन्धान यसरी प्रभावित भएको होइन। यसमा संलग्न माथिल्लो निकाय जिम्मेवार हुनैपर्छ, म त्यसको खोजी गर्छु।'
मन्त्रिपरिषदमा छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न नपर्ने तर्क पूर्वगृहमन्त्री तथा हालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए। उनले किन त्यसो भने? यो प्रकरण अब कसरी अघि बढ्छ?
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)