आज हामी तपाईंहरूलाई पोखराका डाँडाकाँडाको यात्रामा लैजाँदै छौं।
यो यात्राका तीन रूट छन् —
पहिलो, तपाईं छोरेपाटनबाट तिब्बती शरणार्थी शिविर हुँदै फुस्रे खोला तरेर कृष्तीतिर जान सक्नुहुन्छ र त्यहाँबाट डाँडातिर उकालो लाग्न सक्नुहुन्छ।
दुई, बूढीबजारबाट सेती नदी तरेर बाघमारा हुँदै भरतपोखरीतिर उक्लिन सक्नुहुन्छ।
तीन, पोखरा सहरबाट सिधै बाघमारा हुँदै उकालो लाग्न सक्नुहुन्छ।
यी तीन रूटमध्ये जताबाट गए पनि कुनै समय पोखराका डाँडाभरि कसरी पोखरीहरू खनिएका थिए भनेर देख्न पाइन्छ र तिनका कथा सुन्न पाइन्छ।
हामीले पहिलो रूट समात्यौं र छोरेपाटनबाट कृष्ती हुँदै डाँडाको टुप्पातिर लाग्यौं।
त्यति बेला बेसीतिर औलो लगायत रोगव्याधीको डर थियो। त्यसैले मानिसहरू डाँडाका टुप्पातिर बस्थे। डाँडाका टुप्पामा पानीका मूल थिएनन्। पहाडका तरेली सुख्खा थिए। खानेपानी ओसार्न घन्टौं हिँड्नुपर्थ्यो। गाई, भैंसी, बाख्रा लगायत डिँगालाई पानी खुवाउन टाढासम्म हिँडाउनुपर्थ्यो।
यही समस्याबाट त्राण पाउन स्थानीयले डाँडाका टुप्पैभरि पोखरी खने। आकाशेपानी जम्मा गरे। डाँडाबाट बगेर आउने भलपानी पोखरीतिर सोझ्याएर टिलपिल पारे।
तिनै पोखरीका आधारमा पोखरा सभ्यता विकास भएको र पोखरी भन्दाभन्दै पोखरा नाम रहेको विश्वास गरिन्छ।
पोखरालाई परिचय दिएका ती पोखरीहरूको अवस्था आज के छ?
पोखराबाट दक्षिणतर्फ तरेली परेर बसेका पहाडको यात्रामा हामीले के देख्यौं?
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)