'तपाईंलाई मान्छेहरू चितवन जंगलको गब्बर सिंह भन्छन् नि!'
उनी खुलेर हाँसे, अनि भने, 'पछाडि त के के भन्छन् के के, तर मेरै अगाडि उभिएर यस्तो भन्ने चाहिँ तपाईं पहिलो हो।'
राजकुमार प्रजालाई बहुचर्चित हिन्दी फिल्म 'शोले' का खलपात्र डाँकु गब्बर सिंहसँग दाँज्ने गरिन्थ्यो। जसरी गब्बरले रामगढ भन्ने गाउँमा आतंक मच्चाएका थिए, त्यसरी नै चितवन जंगलमा कुनै समय राजकुमारको आतंक थियो। जसरी गब्बरको कहरबाट रामगढका बासिन्दा त्राही त्राही थिए, त्यसरी नै राजकुमारको निशानामा परेको गैंडा उम्किएर बाँच्न असम्भव मानिन्थ्यो।
हामीले केही दिनअघि वीरगन्ज कारागार गएर ९ वर्षदेखि सजाय काटिरहेका कुख्यात गैंडा शिकारी राजकुमार प्रजासँग झन्डै पौने घन्टा कुराकानी गर्यौं। उनले चितवन जंगलमा गैंडा शिकारको रेकर्ड बनाएका थिए।
आफ्नै हातले २० वटा गैंडा मारेका उनी प्रहरी-प्रशासनलाई चक्मा दिँदै २०६७ असोज २६ गते मलेसिया उडेका थिए।
'मलेसियामा रहेर पनि म नेपालका खबरहरू बुझिरहन्थेँ,' उनले भने, 'मैले गैंडा मारेको विषयमा नेपालमा भइरहेको चर्चा सुनेर दंग पर्थेँ।'
२०७१ माघ १६ को रात — राजकुमार रातिको ड्युटी सकेर आफ्नो कोठा आइपुगेका थिए र खाना पकाउने तयारी गर्दै थिए।
त्यही बेला ढोकाको घन्टी बज्यो।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)