१८-१९ वर्षका किशोर र किशोरी एक दिनको फरकमा वीर अस्पताल भर्ना भएका थिए। जन्डिस भएपछि दुवैले विभिन्न जडिबुटी खाएछन् र अवस्था बिग्रिएपछि अस्पताल आएका रहेछन्।
परीक्षणपछि थाहा भयो — दुवैलाई हेपाटाइटिस ई भएको रहेछ।
वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीले दुवैलाई मासुभात खान सल्लाह दिए। किन मासुभात खानुपर्छ भनेर कारण पनि खुलाए।
केही दिनमा दुवै डिस्चार्ज भए।
दस दिनपछि फलोअपमा आउँदा किशोरको स्वास्थ्यमा निकै सुधार देखियो। डा. केसीले मासुभात खाने सुझाव सजिलै मानेकोमा उनको प्रशंसा गरे।
त्यसकै भोलिपल्ट किशोरी पनि फलोअपमा आइन्। उनको जन्डिस आधा पनि घटेको थिएन। सोधपुछबाट थाहा भयो, उनले मासुभात खान्छु भनेर ढाँटेकी रहिछन्। उनको जन्डिस कम हुन निकै समय लाग्यो।
'एउटै किसिमको समस्या, तर खानाले कति प्रभाव पार्छ भन्ने यिनै दुई जनाको उदाहरणबाट थाहा हुन्छ,' डा. केसीले भने।
डा. केसीले उपचार गरेका यी दुई बिरामीको अनुभवबाट हामीले के थाहा पायौं भने, जन्डिसबारे सही ज्ञान र सूचना नपाउँदा बिरामीले अनाहक दु:ख पाइरहेका छन्।
त्यसो भए जन्डिसका बिरामीले सामान्य रूपमा गर्ने गल्ती के के हुन् त? ती गल्तीबाट उनीहरूले के कस्ता दु:ख पाइरहेका छन्?
जापानबाट कलेजोमा पिएचडी गरेका डा. केसीले आफ्नो २० वर्षको अनुभवका आधारमा जन्डिसका बिरामीले मुख्य गरी ९ वटा गल्ती गर्ने बताए।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)