कक्षा ४ पढ्दै गरेका राजु स्याङ्तान ‘घरजस्तो घ’ को चित्र घरिघरि ओल्टाइपल्टाई हेरिबस्थे।
चित्रको घरमा झ्याल थियो। ढोका थियो। चिल्लो भित्ता थियो। धुरीको माथि धुवाँ आउने चिम्नी पनि थियो।
चित्र हेर्दै उनी चित खान्थे — यस्तो पनि घर हुँदो रहेछ!
राजुको घरमा न झ्याल थियो, न ढोका; न गतिलो छानै थियो।
राजुका आप्पा घर बनाउने मिस्त्री थिए। गाउँभरका झ्याल, ढोका, रेलिङ, दराज, टेबुल सबै उनैले बनाएका थिए। आप्पाले बनाएका कति घर देखेर त राजु छक्कै पर्थे। ती घर उनले किताबको चित्रमा देखेभन्दा भव्य हुन्थे।
उनी सोच्थे — अर्काको निम्ति गज्जब गज्जबका घर बनाउने आप्पाले आफ्नै घर चाहिँ किन चराको गुँडजस्तो टालटुल मात्र पारे!
उनी यो पनि सोच्थे — जसले गाउँका सयौं घर बनाए, उनकै घर किन हरेक साल आँधीले उडाइरहन्छ!
आँधीले घर उडाएपिच्छे उनलाई यसपालि त पक्की घर बन्ला कि भन्ने आश जाग्थ्यो। तर हरेकचोटि उनका आप्पा उडेको घर टालटुल मात्र पार्थे।
राजुले किताबमा देखेको ‘घरजस्तो घ’ कहिल्यै बनेन।
वरपरका मान्छे उनीहरूको यो नियतिलाई जिस्क्याउँदै भन्थे, ‘शिकारीको खेत बाँझो, मिस्त्रीको घर नांगो।’
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)