पार्वतीले वात्स्यायनसँग भारतका धार्मिक केन्द्रहरू घुम्न जाने प्रस्ताव राखिन्।
वात्स्यायनले मानेनन्।
उल्टै भनिदिए, 'मेरो तीर्थयात्रा भनेकै कला हो।'
श्रीमानबाट यस्तो जबाफ पाएपछि पार्वती अरू साथीहरूसँग तीर्थयात्रामा गइन्।
एकपटक उनले मुक्तिनाथ सँगै जाऔं भनेर आग्रह गरेकी थिइन्। वात्स्यायनले आफू साथीहरूसँग कला यात्रामा जान लागेको बताए।
वात्स्यायनकी माइजूले निकै कर गरेपछि बल्ल उनीहरू दुई जना मुक्तिनाथ गए। मुक्तिनाथबाटै वात्स्यायन आफ्नो पूर्वनिर्धारित कला यात्रामा निस्किए।
'उहाँलाई आफ्नो चित्रकलामा मात्र ध्यान छ। कतै जान मान्नुहुन्न,' पार्वतीले आफ्नो श्रीमानप्रति गुनासो पोखिन्।
वात्स्यायन भने घुम्ने उद्देश्यले जहाँ जान पनि खुसी हुने बताउँछन्। तीर्थयात्रा भनेर धार्मिक भ्रमण गर्नमा भने आफूलाई रूचि नभएको उनको भनाइ छ।
वात्स्यायनको यही सोच र खासगरी उनको अन्तरमुखी स्वभावले उनीहरूको ६० वर्षभन्दा लामो सँगसँगै जीवनयात्रामा बेलामौका नोकझोक चल्छ।
वात्स्यायन खासै धेरै बोल्दैनन्। मुखबाट शब्दभन्दा बढी मुस्कान छुट्छ। कलामा विद्रोह झल्काउने उनको स्वभाव शान्त, सरल र सादगीपूर्ण छ। यही शान्त स्वभावका कारण उनीहरूबीच चल्ने नोकझोकले कहिल्यै ठूलो रूप लिन पाएन।
जस्तोसुकै परिस्थितिमा मुसुक्क हाँसिदिने उनको स्वभावले जिन्दगीको यात्रालाई सधैं सहज राख्यो; नरम राख्यो।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)