अनिल साहले क्रिकेट खेल्न थालेको चार कक्षादेखि हो। क्रिकेट खेलेबापत् घरमा गाली खाएको पनि त्यति बेलैदेखि हो।
'स्कुलबाट घर फर्केपछि सबभन्दा पहिला गाली खान्थेँ, अनि भात खान्थेँ,' अनिलले भने, 'क्रिकेटको रनाहा कस्तो थियो भने, जतिसुकै गाली खानुपरे पनि मेरो बानी बदलिएन।'
पाँच कक्षा पढ्दाको कुरा हो। कलैयामा भारतीय टिमका कप्तान महेन्द्रसिंह धोनीको सात नम्बरको जर्सी आइपुग्यो। धोनीले त्यो समय तहल्का पिटेका थिए।
अनिलले बुबासँग भने, 'मलाई धोनीको जर्सी लाउन मन छ, किनिदिनू न!'
छोराले क्रिकेट खेलेको त मन नपराउने बुबाले जर्सी किनिदिने त कुरै भएन!
अनिलले आफ्नो सेतो गन्जीमा रंगीन मार्करले धोनीको नाम कोरे र त्यसको ठ्याक्कै मुनि अंग्रेजीमा '७' अंक लेखे।
'त्यसो गर्दा पनि मनमा हिनताबोध पटक्कै भएन,' उनले भने, 'सधैं यही लाग्यो, मेरो आङमा साँच्चिकै धोनीले लाउने जर्सी छ र यो जर्सी लगाएपछि अब मैले धोनीले जस्तै खेल्नुपर्छ!'
क्रिकेटबाहेक जिन्दगीमा अरू केही नदेखेका अनिलले पाँच वर्षको गुमनामीपछि राष्ट्रिय टिममा शानदार 'कमब्याक' गरेका छन्। कम समयमै सफलताको शिखर चुमेर एकैचोटि असफलताको पातालमा झरेको उनको करिअर उतारचढावपूर्ण छ।
अप्ठ्यारो समयमा पनि लक्ष्यप्रति एकचित्त रहने र निरन्तर कोसिस गर्ने अनिलको बानीले खेलाडी मात्र होइन, सबैलाई प्रेरणा दिन्छ।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)