यो त्यति बेलाको कुरा हो, जब माछापुच्छ्रेले फेवातालमा पौडी खेल्न पाएकै थिएन।
अन्नपूर्णले अनुहार हेर्ने बेगनास ऐना बनेकै थिएन।
सेती नदी खुल्लमखुल्ला बहन्थिन्, अहिलेजस्तो गल्छीमा लुकीछिपी गर्नै पर्थेन।
पोखराको जुन धरातल छ, त्यो अहिलेभन्दा दुई सय मिटरसम्म तल थियो।
यो झन्डै साढे आठ सय वर्षअघिको अवस्था हो।
अनि आयो महाप्रलय — सन् ११९० को महाप्रलय!
त्यो प्रलय यति भयंकर थियो, त्यसले पृथ्वीबाट ८ हजार मिटर अग्लो एउटा हिमालको चुचुरो नै भाँचियो र भाँचिएको खण्ड पोखराको सतहभरि छरपष्ट छरियो।
यसले चुनढुंगा, गिटी, बालुवा र माटोको घोल पोखरा हुँदै तनहुँको भिमादसम्म फैलियो। फेवा, बेगनास लगायत तालतलैया जन्मिए। पोखराका नदीनाला थुनिए र ती नदीनालाले समयक्रममा पुरानो बाटो भुलेर नयाँ बाटो पहिल्याए।
पछिल्लो साढे आठ सयदेखि १५ हजार वर्षबीच पोखरामाथिको हिमशृंखलामा यस्ता तीनवटा ठूला घटना भएको भौगर्भिक अध्ययनले देखाएको छ।
एकै प्रकृतिका तीन घटनामा उर्लिएको हिमपहिरोले पटक पटक पोखराको स्वरूप बदल्न भूमिका खेलेको भूगर्भविद बताउँछन्।
यो स्टोरीमा हामी पोखरा उत्पत्तिसँग जोडिएका तिनै हिमपहिरोबारे चर्चा गर्दैछौं।
सँगसँगै यो पनि बताउने छौं, पोखरा उपत्यकाको निर्माण कसरी भयो?
हिमपहिरो जाने क्रम सुरू हुनुअघि पोखराको धरातल कस्तो थियो?
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)