मनपुरन चौधरी पशुपतिकलीलाई चराउन चुरेको फेदीतिर गएका थिए। घाँसको ढड्डी भेटेपछि पशुपतिकली चर्नमा मग्न भई। उनी भने रूखमुनि आराम गर्न थाले।
शितल छहारीमा मनपुरन भुसुक्कै निदाएछन्।
अलि बेरपछि ठूलो आवाज निकाल्दै हात्ती कराएको सुनेर झसंग ब्युँझिए।
जुरूक्क उठेर हेर्दा परबाट पशुपतिकली दौडिँदै आइरहेकी थिई।
पशुपतिकली हस्याङफस्याङ गर्दै नजिक आई र उनको अगाडि टक्क उभिई। उनलाई हत्तपत्त आफ्ना चार खुट्टाको बीचमा छोपेर राखी।
हात्तीको चाला देखेर मनपुरन छक्क परे।
'यसले आज किन मलाई यस्तो गरिरहेको छ! कतै यो म देखी रिसाएको त होइन! आक्रमण गर्न आँटेको त होइन!' उनले सोचे।
हात्तीको दिनचर्या र आनीबानी नजिकबाट नियाल्ने मनपुरन चौधरी चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र प्रमुख हुन्। उनको परिवारले तीन पुस्तादेखि हात्तीको पहरेदारी गर्दै आएको छ। उनका सन्तान पनि यही काम गर्न चाहन्छन्।
मनपुरनले आफ्नो लामो अनुभवबाट देखेका हात्तीका क्षमता, आनीबानी, जीवनशैली र समूह सञ्चालन विधिबारे हामीसँग वर्णन गरेका छन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)