कल्पना गर्नुस् — संसारभरि कसैसँग पनि हातमा बोक्न मिल्ने पैसा छैन! कुनै पनि मुलुकको केन्द्रीय बैंकले पैसा छाप्दै छाप्दैन!
संसार के होला?
संसार राम्रै होला।
खासमा संसार त्यतैतिर जाँदैछ। संसारका सय वटाभन्दा बढी मुलुकले त्यसको तयारी र प्रयोग गरिरहेका छन्।
पैसा बिना कसरी चल्छ त संसार?
हातमा बोक्न मिल्ने पैसा हुँदैन। त्यसको ठाउँ ‘डिजिटल करेन्सी’ ले लिन्छ। बैंक खातामा कसको कति पैसा छ भन्ने हिसाब हुन्छ। हातमा बोक्न, छाम्न वा साट्न मिल्ने पैसा हुँदैन।
आउने दस-पन्ध्र वर्षभित्र डिजिटल करेन्सीले दैनिक प्रयोगमा पैसालाई पूर्ण विस्थापित गर्न सक्छ।
यसले संसारलाई कस्तो बनाउला? के के परिवर्तन ल्याउला?
मलाई भने एउटा कुरामा सबभन्दा ठूलो चासो छ।
नेपाल (र, अरू मुलुकमा पनि) अहिले सबैलाई पिरोलिरहेको घुसको लेनदेन र भ्रष्टाचारमा यसले कस्तो प्रभाव पार्ला?
यसले संसारभरि नै भ्रष्टाचारहीन ‘रामराज्य’ ल्याउँछ कि क्या हो!
यस्तो ‘रामराज्य’ आउन अझै १०-१५ वर्ष लाग्न सक्छ। त्यो समयसम्म भने ‘हराम’ हरूकै राज चल्नेछ।
यसबीचको संक्रमणकालीन समयमा हामी तीनवटा महत्त्वपूर्ण सुधार गर्न सक्छौं जसले मुलुकमा भ्रष्टाचारविरूद्ध धावा बोल्न ठूलो भूमिका खेल्न सक्छ।
के हुन् ती तीन सुधार? कसरी गर्ने?
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)